ताजा अपडेट »

नेपाललाई धर्मसापेक्ष बनाउने अभियानसहित जगद्गुरु शंकराचार्य भैरहवा आउँदै

बुधबार, ०३ कार्तिक २०७८, १९ : ३९
15 Shares

भैरहवा । सनातन धर्मको उद्गम स्थल रहेको नेपाललाई धर्म सापेक्ष बनाउन पहल गर्ने उद्देश्य सहित जगद्गुरु शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती भैरहवा आउँदै छन् । हिन्दु धर्ममा सर्वोच्च स्थान रहेको जगदगुरु शंकराचार्य पहिलो पटक भैरहवा आउने आयोजकले जनाएका छन् ।
शंकराचार्यको भ्रमणबारे जानकारी दिने उद्देश्यले भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वागत समितिका संयोजक कृष्ण प्रसाद शर्माले कार्तिक ७, ८ र ९ गते उनी भैरहवामा रहने जानकारी दिए ।

कार्तिक ७ गते आउने शंकराचार्यले ८ र ९ गते भैरहवामा रहेको पटवा बैंक्वैटमा धार्मिक प्रवचन दिने र ९ गते नै भारत फर्किन शर्माले जानकारी दिए । अहिले हिन्दु धर्मका सर्वोच्च गुरुको स्वागतको तैयारी तिव्र बनाईएको उनले जनाए । कार्यक्रम सफल बनाउन मूल समिति सहित बिभिन्न उपसमितिहरु बनाई काम गरिरहेको शर्माले जनाए ।

जग्दगुरुको भ्रमणको मूख्य उद्देश्य नेपालमा हिन्दु धर्मको प्रचार प्रसार गर्नु र धर्म निरपेक्ष रहेको नेपाललाई हिन्दु राष्ट्र कायम गराउन पहल गर्ने रहेको आयोजकको भनाई छ । अहिले विश्वमा २ सय भन्दा बढी मुलुकमा हिन्दुहरु रहेको र हिन्दु धर्मको उद्गम स्थल नेपाल नै रहेको कारण यहा हिन्दुराष्ट्र हुनु पर्ने ब्यासाचार्य किशोर गौतमको भनाई छ ।

उनले अहिले नेपालमै हिन्दु धर्म माथी अन्य धर्मले धावा बोलेकोले यसलाई हिन्दराष्ट्र बनाउन सबै एक भएर लाग्न समेत आग्रह गरे । भैरहवामा हुने “आध्यात्मिक जागरण बिराट एकता धर्म सभा” मा भाग लिन ब्यासाचार्य गौतमले अपिल गरेका छन् ।

विश्व ओमकार एकता महाअभियानको आयोजनामा हुने उक्त कार्यक्रममा नेपालका धर्मगुरुहरु डाक्टर चिन्तामणि योगी, ज्ञानानन्द स्वामी महाराज, आत्मानन्द गिरी महाराज, रमणागिरी लगायत भारतबाट पनि १५ जना भन्दा बढी धर्मगुरुहरुको सहभागीता रहेको उनले जानकारी दिए । यस अतिरिक्त ओमकार समाजमा रहेका बौद्ध, जैन, शिख धर्म लगायतका धर्मगुरुहरु पनि सो कार्यक्रममा भाग लिने आयोजकको भनाई छ ।

आदि शंकराचार्यले सनातन धर्मको रक्षा र प्रसार गर्न चार दिशामा चार पीठ स्थापना गरेका थिए । ४ वटा पिठमा ४ जना नै शंकराचार्य छन् । भैरहवा आउने शंकराचार्य गोर्वधन धामका वर्तमान पिठाधिश हुन् ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा