१५ मंसिर २०७८, बुधबार

Dec 1, 2021

परासी । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्डमा बस दुर्घटना भएको छ । नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ७९८५ नम्बरको बस बर्दघाट–४ को बासखोलामा अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिए ।

बसमा सवार ३२ जना मध्ये १६ जना घाइते भएका छन् । उनीहरुको बर्दघाट, बुटवल र भैरहवाका अस्पतालमा उपचार भैरहेको उनले बताए ।

इलाका प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक कृष्ण प्रंसाद घिमिरेको नेतृत्वमा खटिएको १३ जनाको टोलीले घाइतेहरुको उद्धार गरेको डिएसपी लामाले बताएका छन् । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक र उपकरण अभावले थला परेको अस्पताल तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन एकीकृत समाजवादीको कार्यालय उद्घाटन गर्न बुटवल आउँदै माधव नेपाल चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे लुम्बिनी सरकारको चासो कांग्रेस प्रदेश अधिवेशनको उद्घाटनसत्र भोलि, प्रदेश-२ का केही जिल्लामा विवाद कायमै रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन रुपन्देहीका पत्रकारद्वय कंडेल र नेपाललाई रोटरी पत्रकारिता पुरस्कार तीन हजार पर्यटन मजदूरलाई राहत मतदाता नामावली संकलन पालिकाबाटै गरिने भरुवा बन्दुकसहित एक जना पक्राउ ओमिक्रोन भेरियन्टको कारण जापानले रोक्यो नयाँ आगमन उडान बुकिङ वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, तर ओली भृकुटीमण्डप पुगेनन् नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु