ताजा अपडेट »

पहिरोले ज्यान गुमाएका एकै परिवारका ६ जनाको दाहसंस्कार

बुधबार, ०३ कार्तिक २०७८, १७ : ४२
8 Shares

हुम्ला । खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा पहिरोले ज्यान गुमाएका एकै परिवारका ६ जनाको बुधबार दाहसंस्कार गरिएको छ । अविरल वर्षापछि मंगलकार घरमाथिबाट आएको पहिरो परेर  एकै परिवारका ६ जनाको मृत्यु भएको थियो ।

आइतबार रातिदेखि आएको लगातारको वर्षाले मंगलबार राति घरमाथिबाट आएको पहिरोले धाविरे शाही घर पुरिँदा शाहीसँगै कलबहादुर शाही, आशा शाही र उनका ११, ५ र ३ वर्षीय छोराको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।