२१ मंसिर २०७८, मंगलवार

Dec 7, 2021

काठमाडौं । पछिल्लो फिल्म ‘कवीर सिंह’को सफलताले बलिउडमा शाहिद कपुरको स्टारडम पुनः एकपटक उचाइमा छ । कवीर सिंहको सफलतापछि शाहिदलाई धेरै फिल्म अफर भए । त्यसमा केही त साउथ इन्डियन फिल्मकै बलिउड रिमेक पनि थियो । अन्ततः उनले रोजे ‘जर्सी’ । 

Advertisement

स्वास्थ्यमा समस्या आउँदा र नातावादसँगै कृपावादको कारण नेसनल टिममा नपर्दा क्रिकेट छाडेका अर्जुन नामक क्यारेक्टरले उमेरले ४० वर्ष काट्नै लाग्दा क्रिकेट खेल्छन् । त्यसपछि उनी नेसनल टिमसम्म कसरी पुग्छन ? भन्ने विषयलाई फिल्ममा देखाइनेछ । यसको ओर्जिनल फिल्ममा नानीले काम गरेका छन् । 

रिमेक फिल्ममा काम गर्ने मनसाय नरहेका शाहिदले ओर्जिनल कथा खोजेका थिए । तर, जर्सीको कथा सुने । ‘मैले कथा सुनेपछि चार पटक फिल्म हेरेँ र जोडिएँ’, शाहिदले भनेका छन्, ‘म सक्कली फिल्म गर्न चाहन्थँे, मानिसहरूले नसोचुन कि म रिमेक मात्र गर्दैछु । तर, जब मैले यो फिल्म हेरेँ, यसले मेरो हृदय छोयो । चरित्र कवीर सिंह जस्तो छैन । ऊ शान्त, अन्तर्मुखी मानिस हो तर, उसको तीव्रता र यात्रा मेरो लागि प्रेरणादायक छ ।’ 

शाहिदले फिल्मकै लागि प्रशिक्षणसमेत लिए । उनी क्यारेक्टरलाई झनै बुलन्द बनाउन हरेक प्रयास गरेका छन् । फिल्ममा शाहिदको को–स्टारको रूपमा मृनाल ठाकुर हुनेछिन् । साउथ फिल्म जर्सीकै निर्देशक गौतमले यसलाई निर्देशन गरेका छन् । फिल्म यसै वर्षको अन्त्य ३१ डिसेम्बरमा रिलिज हुनेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

‘नो लालपुर्जा, नो भोट’ भन्दै रत्ननगरमा सुकुम्बासीको प्रदर्शन प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन केपी ओलीलाई बारको ज्ञापनपत्र यसवर्ष ढोरपाटनमा चुके सिकारी बुटवलको दीप बोर्डिङ्ग स्कूलमा ‘दीप स्वाट’ सैनामैनामा कर्मचारी संगठनको नयाँ नेतृत्व रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सतर्कता काँग्रेस केन्द्रिय सदस्यमा लुम्बिनीका ऊर्जा, जलस्रोत मन्त्री रानाको उमेद्वारी झापामा वर्षमा आठ सय बढी हराउँछन्, मान्छे हराउँदा आधा मात्र भेटिन्छन् राष्ट्रियसभा निर्वाचन कार्यतालिका : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान सभापतिको साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल-कोइराला समूहको बैठक सुरु इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा ओमिक्राेन बिरामीले भरिए अस्पताल मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा तीन जोनका लागि रु पाँच करोड विनियोजन न्यानो घर निर्माणमा आर्थिक अभाव कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक ! कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित एक सय ३४ जना निर्वाचनबाट चुनिँदै नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै, भरतपुर महानगरको सक्रियता