१५ मंसिर २०७८, बुधबार

Dec 1, 2021

सोलुखुम्बु । निरन्तरको वर्षातसँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा दुई विदेशीसहित १० जना पर्यटक मेरापिक क्षेत्रमा फसेका छन् । जिल्लाको महाकुलुङ गाउँपालिकामा पर्ने मेरापिक आरोहण गरेर फर्कने क्रममा मङ्गलबार दिउँसोदेखि उनीहरु हिउँमा फसेको प्रहरीले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख कबित कटवालका अनुसार निरन्तर परेको पानी तथा हिमपातका कारण पाँच हजार ७०० मिटरको मेराला ओडारमा चार, हाइक्याम्पमा चार र  पाँच हजार ३०० मिटरको बेसक्याम्पमा दुईजना आरोही फसेका हुन् ।

प्राप्त जानकारीअनुसार मेरालामा फसेका चारमध्ये एक बेलायती नागरिक स्टु सियनसहित सोलुखुम्बुका आरोही गाइडहरु पासाङ छिरिङ, छेतेन शेर्पा र पासाङ शेर्पा रहेका छन् । त्यस्तै, हाइक्याम्पमा एक विदेशी पर्यटक, पूर्ण थापा मगरसहित नाम नखुलेका दुई र बेस क्याम्पमा नाम नखुलेका थप दुईजना अलपत्र परेका हुन् । उनीहरु एडभेन्चर भिक्टोरी र मकालु एडभेन्चरमार्फत मेरापिक आरोहणमा गएका थिए । मौसम प्रतिकूलका बीच पनि उनीहरुको उद्धारका लागि महाकुलुङको खारेबाट सातजना क्लाइम्बिङ गाइड मेराला ओडारमा पुगेका छन् ।

एडभेन्चर भिक्टोरी सञ्चालक लक्ष्मण मिसन कार्कीका अनुसार मेराला ओडारमा चारजना बसेको भए पनि उद्धारमा पुगेकाहरुले तीनजनालाई जटिल अवस्थामा भेटिएको छ । हाइक्याम्प र बेसक्याम्पमा रहेकासँग सञ्चित खानेकुरा भए पनि मेराला ओडारमा फसेकाहरुसँग कुनै पनि खानेकुरा नहुँदा समस्या भएको उनको भनाइ छ ।

“मेराला ओडारमा भेटिएका तीनजनाको अवस्था जटिल छ भन्ने खबर आयो”, कार्कीले भने, “हिजोदेखि हेलिकप्टर तयारी अवस्थामा राखेर बसियो तर मौसम प्रतिकूल हुँदा समस्या भयो, अहिले पनि म नागरिक उड्डयन प्राधिकरणको कार्यालय काठमाडौँमै छु ।” मौसम अनुकूल हुनसाथ उद्धारका लागि हेलिकप्टर पठाइने बताइएको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक र उपकरण अभावले थला परेको अस्पताल तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन एकीकृत समाजवादीको कार्यालय उद्घाटन गर्न बुटवल आउँदै माधव नेपाल चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे लुम्बिनी सरकारको चासो कांग्रेस प्रदेश अधिवेशनको उद्घाटनसत्र भोलि, प्रदेश-२ का केही जिल्लामा विवाद कायमै रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन रुपन्देहीका पत्रकारद्वय कंडेल र नेपाललाई रोटरी पत्रकारिता पुरस्कार तीन हजार पर्यटन मजदूरलाई राहत मतदाता नामावली संकलन पालिकाबाटै गरिने भरुवा बन्दुकसहित एक जना पक्राउ ओमिक्रोन भेरियन्टको कारण जापानले रोक्यो नयाँ आगमन उडान बुकिङ वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, तर ओली भृकुटीमण्डप पुगेनन् नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु