ताजा अपडेट »

बसुलो प्रहार गरेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

बुधबार, ०३ कार्तिक २०७८, १५ : ५३
8 Shares

सुर्खेत । बसुलो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले सल्यान कुमाख गाउँपालिका- ५ का ४७ वर्षीय कविराम खड्कालाई पक्राउ गरेको छ । ४२ वर्षीया श्रीमती कली खड्कालाई बसुलो प्रयोग गरी हत्या गरेको आरोपमा खड्कालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादका कारण मादक पदार्थ सेवन गरी कविरामले श्रीमतीलाई धारिलो हतियार (बसुलो) प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सल्यान र इलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।