ताजा अपडेट »

अनलाइन कक्षा पढ्दापढ्दै मोबाइल पड्कियो, ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु

बुधबार, ०३ कार्तिक २०७८, १६ : ०१
16 Shares

हनोई । अनलाइन कक्षा लिने क्रममा भियतनामा एक बालकको मोबाइल फोन बिस्फोट हुँदा मृत्यु भएको छ । नेग्ही प्रान्तमा घरबाट अनलाइन कक्षा लिने क्रममा पाँच कक्षामा पढ्ने ११ वर्षीय बालकको मृत्यु भएको हो । 

उनले मोबाइल चार्ज गर्दै  कक्षा लिएका थिए । बिस्फोटलगत्तै बालकको शरीररमा आगो सल्केको थियो । जलेर गम्भीर घाईते उनको उपचारका क्रममा मृत्यु भएको हो । 

उनको मृत्यु बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले पड्किएको मोबाइल र चार्जर जाँच गर्ने भएको छ । मृत्युपछि स्थानीय शिक्षा अधिकारी ती बालकको घरमै पुगेका थिए । 

कोभिड संक्रमण बढेपछि भियतनाममा विद्यालयको पठनपाठन पुनः अनलाइनबाट हुन थालेको छ ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।