ताजा अपडेट »

कृषकलाई उचित राहतको व्यवस्था गर्न एमाले लुम्बिनी प्रदेशको माग

बुधबार, ०३ कार्तिक २०७८, १५ : २६
4 Shares

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशले वर्षाका कारण भएको प्रभावित कृषकहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । बेमौसमी वर्षाका कारण भित्र्याउनु लागेको धान बालीमा क्षति पुगेको भन्दै एमालेले प्रदेश सरकार समक्ष क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको हो ।

विगत ४ दिनदेखि लुम्बिनी प्रदेश सहित मुलुकका अर्धिकांश स्थानमा अति वर्षाको कारण भएको बाढी, पहिरो र धनजनको क्षतिका बारेमा तथ्याङ्क संकलन गरी जनतालाई उचित राहतको व्यवस्था गर्न आग्रह गरेको छ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता बैजनाथ चौधरीले दलको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सरकारले मौसम पूर्वानुमान विभागको सूचनालाई समेत बेवास्ता गर्दा किसानले ठूलो क्षति व्यहोर्नु परेको एमालेले जनाएको छ ।

‘मौसम पूर्वानुमान विभागले ३ दिन अघिदेखि नै मनसुनमा बदली हुने, ठूलो पानी पर्ने र लुम्विनी प्रदेश सहित देशभर भारी वर्षाका कारण क्षति हुन सक्ने जानकारी गराइसकेको थियो । त्यस्तो अवस्थामा प्रदेश सरकारले हुन सक्ने सम्भावित क्षतिको आंकलन गरी गाउँगाउँका किसानहरुलाई पूर्वसचेतना दिन सक्ने अवस्था विद्यमान थियो ।’–उसले भनेको छ ‘सरकारले समेत पूर्व तयारीहरु गर्न सक्ने समय प्रशस्त थियो । तर प्रदेश सरकारले मौसम पूर्वानुमान विभागले दिएको पूर्व जानकारीलाई पटक्कै वास्ता नगरेका कारण आम सर्वसाधारणले ठूलो क्षति ब्यहोर्नु परेको छ ।’

एमालेले मोतिपुर घटनाको बारेमा समेत सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले आवश्यक संमयम्मा अपनाउन नसक्दा अनाहकमा ४ जनाले नागरिकले ज्यान गुमाउनु परेको उसको आरोप रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।