ताजा अपडेट »

सीता मृत्यु प्रकरण: ४५ दिनपछि शव उठ्यो, बुटवलस्थित मगरघाटमा दाहसंस्कार

बुधबार, ०३ कार्तिक २०७८, १४ : २९
6 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमाकी सिता भण्डारीको ४५ दिनपछि अन्त्येष्टि भएको छ । भण्डारीको मृत्यु भएको ४५ दिनपछि माइतीपक्षले बुधबार बुटवलको मगरघाटमा अन्त्येष्टि गरिएका हुन् । २७ वर्षीय भण्डारी भदौ २० गते आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

शंकास्पद मृत्युपछि माइती पक्षले छानविन गरी दोषी माथि कारबाहीको माग गर्दै भदौ २२ गते प्रहरीमा जाहेरी दर्ता गराएका थिए । उनका श्रीमान टिका पौडेल आमाजु (दिदी) बिष्णु पौडेल र जेठाजु हरि प्रसाद पौडेल बिरुद्ध आत्महत्या दुरुत्साहनमा पुर्पक्षका लागि थुनामा गएका छन्। स्रोतका अनुसार मृतक सिता भण्डारीका माईती पक्षले पौडेल परिवारबाट मंगलबार ११ लाख बुझेपछि अन्त्येष्टि गर्न सहमती दिएका थिए ।

प्रहरीले अनुसन्धानको क्रममा मृतक सिता भण्डारीको मोवाईल बाट …. ………मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरुकै काखबाट जन्मिन चाहान्छु, मलाई यो जिन्दगीबाट पुग्यो म सकिन बाँच्न भनि लेखिएको”। सुसाईड नोट फेला परेको भए पनि माईती पक्षले आत्महत्या नभई हत्या भएको दावी गर्दै करीव १ महिना आन्दोलन गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।