ताजा अपडेट »

अमर ज्योती क्लबद्वारा विभिन्न व्यक्तिहरुलाई सम्मान

बुधबार, ०३ कार्तिक २०७८, १४ : ११
6 Shares

भैरहवा । भैरहवाकै पुरानो अमर ज्योती क्लबले क्लबका पुर्व खेलाडी, प्रशिक्षक, कलाकार एवम पुर्व अध्यक्षहरुलाइ सम्मान गरेको छ । क्लबले आफ्ना संस्थापक अध्यक्ष प्राज्ञ बूंद राना, चित्र बहादुर गुरुङ, केहर सिंह गुरुङ, भैरव पाठक, डीबी गुरुङ लगायत २५ जनालाइ सम्मान गरिएको थियो ।

२०२४ सालमा स्थापना भएको क्लबले भैरहवा क्षेत्रलाइ आधार बनाइ खेलकुद, सान्सकृतिक कार्यक्रम र समाजसेवा गर्दै आइरहेको छ । विशेष गरि फूटबलमा अग्र स्थानमा रहेको क्लब अहिले खेल मैदानको अभावमा आफ्ना निस्कृय रहेको छ । सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले खेल मैदानकै अभावमा क्लबले खेलकुद प्रतिको आफ्नो क्रियाकलाप अगाडि बढाउन नसक्नु दुखद रहेको बताए ।

क्लबको सकृयता अहिले घटेकोले यसलाइ बढाउनु पर्ने वक्ताहरुको भनाइ थियो । क्लबका कार्यवाहक अध्यक्ष अर्जुन थापाको अध्यक्षता, सिद्धार्थनगर नगर पालिकाका प्रमुख हरि प्रसाद अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा उप प्रमुख उमा काफ्ले, प्राज्ञ बूंद राना क्यामपस प्रमुख अनिल कुमार झा, अमर ज्योती फ्यान क्लबका संयोजक सुधिरमान बिक, तिल कुमारी गुरुङ लगायतले बोलेका थिए । कार्यक्रमको सन्चालन क्लबका सचिव दिपक सापकोटाले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।