ताजा अपडेट »

विमान दुर्घटनापछि आगो लाग्यो, सबै यात्रु सकुशल

बुधबार, ०३ कार्तिक २०७८, १४ : ००
4 Shares

टेक्सास ।  ह्युस्टनमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै सकुशल रहेका छन् । बोस्टनका लागि उडान भरेको म्याकडोनल डगलस एमडी–८७ विमान विमानस्थलको एउटा बारमा ठोकिएको थियो । दुर्घटनालगत्तै विमानमा आगो लागेको थियो ।

दुर्घटनापछि यात्रु दलका सदस्य र यात्रु सकुशल उत्रिएका थिए । विमानमा चालक दलका सदस्यसहित २१ जना सवार थिए । तीमध्ये दुई जना सामान्य घाइते भएका छन् । 

ह्युस्टन एक्जिक्युटिभ एयरपोर्टबाट उडान भर्ने क्रममा बारमा ठोक्किएर विमानमा आगोलागी भएको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले जनाएको छ । -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।