१७ मंसिर २०७८, शुक्रबार

Dec 3, 2021

बैतडी । विद्युत् सेवा अवरुद्ध भएसँगै प्रहरीसँग भएका सञ्चार सेटहरूले काम गर्न छाडेपछि समस्या भएको छ । जिल्लामा कहाँ के भइरहेको छ भन्ने विषयमा जानकारी लिनै समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी रमेशबहादुर पालले बताए । 

उनले भने, ‘प्रहरीसँग भएको नेपाल टेलिकमको फोन र सञ्चार सेटहरु मात्रै हो । टेलिकमको सेवा पुर्ण रुपमा अवरुद्ध छ । वाकेटोके चार्ज गर्न पाइएको छैन । त्यसैले दुर्गम ठाउँका खबरहरू प्राप्त गर्न सकिएको छैन । जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा मात्रै सम्पर्क हुन सकिरहेको छ । दुर्गम ठाउँहरूमा सम्पर्क गर्नै सकिएको छैन ।’

कतिपय ठाउँमा एनसेल मोबाइलले काम गरे पनि एनसेलको सिम पाउनै मुस्किल भएको उनले बताए । बैतडीमा गत सोमबार रातिदेखि विद्युत् सेवा, एनटीसी फोन सेवा र इन्टरनेट सेवा पूर्ण रूपले अवरुद्ध भएको छ । -न्युज कारखाना

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

घरेलु टोलिले जित्यो आत्मानन्द गोल्डकपको उपाधि नेकपा एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो: नारायणकाजी श्रेष्ठ बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीको विदाई, भारतीलाई स्वागत ‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति लुम्बिनीसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि साइकल यात्रा आगलागीबाट ७० लाख बराबरको क्षति कांग्रेस बाग्मती प्रदेश सभापतिमा बानियाँ, केसी र प्रधानले दिए उम्मेदवारी ६ करोड बढी लागतमा बुटवलमा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर ! कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै सुदूरपश्चिम प्रदेश : आन्तरिक मामिला मन्त्रालय तीन महिनादेखि सचिवविहीन, आर्थिक कारोबार बन्दले सेवा प्रवाहमा समस्या राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द विवेकशील साझाले शनिबार ललितपुरमा बृहत आमसभा गर्दै काँग्रेस महाधिवेशनः लुम्बिनीमा शाह र पुनले प्यानलसहित गरे उम्मेदवारी दर्ता पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु ४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले थ्री स्टारसँग अंक बाँड्याे नायिका करिश्मा र गायिका रचना पनि कक्षा १२ उत्तीर्ण कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ