ताजा अपडेट »

श्रम मन्त्री श्रेष्ठले गरे श्रम कार्यालय बुटवलको छड्के निरीक्षण

बुधबार, ०३ कार्तिक २०७८, १४ : ०२
6 Shares

बुटवल । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले श्रम कार्यालय बुटवलको छड्के निरीक्षण गरेका छन् । मन्त्री नियुक्त भएपछि पहिलो पटक बुटवलका आएका मन्त्री श्रेष्ठले बुटवलको रामनगरमा रहेको श्रम कार्यालयमा बुधबार छड्के निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले सेवाग्राहीलाई सर्वसुलभ सेवा दिने कुरा रको हीपनि ठगिन हुँदैन भन्ने कुरामा आफू दिड रहेको बताएका छन् ।

निरीक्षणका क्रममा मन्त्री श्रेष्ठलाई सेवाग्राहीहरुले दिनमा ५०/६० वटाको मात्रै एक्सीस हुँदा अनलाइन फर्म भरेर हप्तादिनसम्म कुर्नु परेको भन्दै तत्काल समस्या समाधन गरिदिन आग्रह गरेका छन् ।

मन्त्री श्रेष्ठले सैवाग्राहीका समस्या समाधान गर्नका लागि आफू प्रतिवद्ध रहेको बताएका छन् । साथै उनले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्न श्रम कार्यालय बुटवलका प्रमुखलाई निर्देशन समेत दिएका छन् ।

निरीक्षणमा लुम्विनी प्रदेशकी कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरीक मन्त्री रमा घर्ती समेत गएकी थिइन् ।

https://youtu.be/q31UCwt475c
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।