१७ मंसिर २०७८, शुक्रबार

Dec 3, 2021

चितवन। चितवनस्थित कृषि विकास बैंकको गुञ्जनगर शाखामा भएको आर्थिक हिनामिना प्रकरणमा थप दुई कर्मचारी तानिएका छन् । शाखा प्रमुख शोभाकुमारी दत्तसहित ऋण शाखा र ग्राहक सेवा कक्षका दुई कर्मचारीलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ ।

Advertisement

स्रोतका अनुसार बैंकको ऋण शाखाका टिकेन्द्र भट्टराई र ग्राहक सेवा कक्षकी भगवती सापकोटालाई निलम्बन गरिएको हो । शाखा प्रमुख दत्तको निर्देशनमा उनीहरूले आफ्नो खातामा भएको रकम ग्राहकलाई सापटी दिएको स्रोतले बताएको छ । ‘बैंकबाट कर्मचारीले पनि ऋण लिएका हुन्छन् । त्यस्तो पैसा कर्मचारीले मिटर ब्याज अथवा धेरै ब्याजदर लिनेगरी ग्राहकलाई दिएका हुन् । त्यस्तो गर्न कानुनतः पाइँदैन’, ती कर्मचारीले भने ।

त्यसरी दिएको सापटी पैसाबाट कर्मचारीले २४ प्रतिशतसम्म ब्याज लिने गरेका छन् । त्यसरी सापटी पैसा उपलब्ध गराउँदा पनि शाखा प्रमुखले ग्राहकसँग पुनः कमिसन लिने गरेको आरोप लागेको छ । भट्टराई र सापकोटालाई १० दिनअघि नै निलम्बन गरी छानबिन प्रक्रियामा तानिएको हो । 

कृषि विकास बैंकको केन्द्रीय कार्यालयबाट दुईजना र प्रदेश कार्यालयबाट एकजना गरी तीनजना कर्मचारीले छानबिन गर्दै छन् । छानबिन समितिलाई जतिसक्दो चाँडो छानबिन प्रतिवेदन दिन भनिएको कृषि विकास बैंकको केन्द्रीय प्रवक्ता हिमलाल पौड्यालले जानकारी दिए । 

प्रतिकृया दिनुहोस्

Flash News

घरेलु टोलिले जित्यो आत्मानन्द गोल्डकपको उपाधि नेकपा एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो: नारायणकाजी श्रेष्ठ बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीको विदाई, भारतीलाई स्वागत ‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति लुम्बिनीसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि साइकल यात्रा आगलागीबाट ७० लाख बराबरको क्षति कांग्रेस बाग्मती प्रदेश सभापतिमा बानियाँ, केसी र प्रधानले दिए उम्मेदवारी ६ करोड बढी लागतमा बुटवलमा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर ! कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै सुदूरपश्चिम प्रदेश : आन्तरिक मामिला मन्त्रालय तीन महिनादेखि सचिवविहीन, आर्थिक कारोबार बन्दले सेवा प्रवाहमा समस्या राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द विवेकशील साझाले शनिबार ललितपुरमा बृहत आमसभा गर्दै काँग्रेस महाधिवेशनः लुम्बिनीमा शाह र पुनले प्यानलसहित गरे उम्मेदवारी दर्ता पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु ४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले थ्री स्टारसँग अंक बाँड्याे नायिका करिश्मा र गायिका रचना पनि कक्षा १२ उत्तीर्ण कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ