ताजा अपडेट »

पाल्पामा झारफुकको बहानामा जबर्जस्ती करणी गर्ने पक्राउ

बुधबार, ०३ कार्तिक २०७८, १३ : ०८
2 Shares

पाल्पा। पाल्पा सदरमुकाम तानसेन बजारमा झारफुक गर्ने बहानामा महिलालाई जबर्जस्ती करणी गर्ने एक पुरुष पक्राउ परेका छन् ।

तानसेन नगरपालिका-३, भगवती टोलमा बसेर झारफुक गर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका-१० खैरेनीका ३२ वर्षीय केदार रनपाललाई प्रहरीले पक्राउ गरेको हो । रनपालले सोमबार राति साढे १० बजे ३० वर्षकी महिलाको कोठामा गएर झारफुक गर्ने बहानामा जबर्जस्ती करणी गरेका थिए । पीडित महिलाले छिमेकीलाई जानकारी गराएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । 

रनपाललाई मंगलबार बिहान २ बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । आरोपितलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।