ताजा अपडेट »

बैतडीको रौलेश्वरमा घर भत्किँदा एकको मृत्यु, दुई जना घाइते

बुधबार, ०३ कार्तिक २०७८, १२ : १७
4 Shares

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–५ रामकी बरायलको घर पहिरोले भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ७१ बर्षका परुदेवी महरा रहेका छन् ।

घाइते हुनेमा ५५ वर्षीया सरस्वती विष्ट र उनकी बुहारी ३० वर्षीया माया विष्ट छिन् । लगातारको अविरल वर्षापछि आएको पहिरोले घर भत्किँएको हो । घटनास्थलमा प्रहरी खटाएको र क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख रमेश पालले बताए । 

मंगलबार पनि जिल्लाको शिवनाथ–६ बसेडीमा घर भत्किँदा तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीय भानु पार्की र ३ वर्षीय सोम पार्की रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।