ताजा अपडेट »

प्युठानमा खोलाले बगाएर एकको मृत्यु , दुई जना बेपत्ता

बुधबार, ०३ कार्तिक २०७८, १२ : ००
4 Shares

बुटवल । प्युठानमा खोलाले बगाएर बुधवार बिहान एक जनाको मृत्यु भएको छ। दुईजना बेपत्ता भएका छन्। जिल्लाको माण्डवी गाउँपालिका - ४ आँपचौर बस्ने २८ वर्षीय देवीसरा कार्कीको मृत्यु भएको हो भने उनका दुई बर्षीया छोरा दिनेश कार्की र स्थानीय मधु अधिकारीको ८ बर्षीया छोरी अनुस्का अधिकारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

गैरेका अनुसार उनीहरुलाई अस्पताल जाने क्रममा आज बिहान साढे आठ बजेतिर घर नजिकैको अरङखोलाले बगाएको थियो। देवीसराको शव माण्डवी -२ ढिकावनमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। खोलामा बेपत्ता भएका दुई जनाको अवस्था अझै पत्ता लागेको छैन।

सुरक्षाकर्मी र स्थानीय मिलेर बेपत्ताहरुको खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक गैरेले बताए । सोमबारदेखि जिल्लामा निरन्तर पानी परेकाले खोला र नदीहरुमा पानीको बहाब बढेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।