ताजा अपडेट »

रुपन्देहीको सैनामैनामा २४ वर्षीय युवाले गरे आत्महत्या

बुधबार, ०३ कार्तिक २०७८, ११ : २८
4 Shares

बुटवल । रुपन्देहीको सैनामैनामा एक युवाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सैनामैना नगरपालिका–१ रानीकुवाका २४ वर्षीय गँगाबहादुर बि.क. रहेको इलाका प्रहरी कार्यालय मुर्गिया (रन्यौरा) का प्रहरी निरीक्षक चक्रडम्बर पालले बताए ।

बि.क.ले गयराती आफ्नै घरको बलोमा डोरीको पासो लगाएर झुण्डिएर आत्महत्या गरेको प्रहरी निरीक्षक पालले ग्लोबल आवाजलाई जानकारी दिए । आत्महत्या गर्नुको कारण नखुले पनि बि.क.ले मानसिक रोगको औषधी सेवन गर्दै आएको प्रहरीले जनाएको छ।

मृतक वि.क.को शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरी निरीक्षक पालले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बि.क.की एक श्रीमती र २ छोरा-छोरी रहेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।