ताजा अपडेट »

टी–ट्वान्टी विश्वकपमा आज दुई खेल

बुधबार, ०३ कार्तिक २०७८, १० : ५८
6 Shares

काठमाण्डाै । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो चरण अन्तर्गत आज समूह ‘ए’ का दुई वटा खेलमा नेदरल्याण्डस् र नामिबिया तथा श्रीलंका र आयरल्याण्ड खेल्दैछन् ।

नेदरल्याण्डस् र नामिबियाको खेल दिउँसो पौने चार बजे तथा श्रीलंका र आयरल्याण्डबिचको खेल बेलुका पौने आठ बजे आबुधाबीमा हुनेछ । पहिलो खेलमा नामिबिया श्रीलंकासँग तथा नेदरल्याण्डस् आयरल्याण्डसँग पराजित भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।