१५ मंसिर २०७८, बुधबार

Dec 1, 2021

कोभिड खोप

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अति कम विकसित (एलडीसी) र भूपरिवेष्ठित विकासशील मुलुक (एलएलडीसी) हरुमा कोभिड विरुद्धको खोप वैश्विक सार्वजनिक वस्तुको रुपमा उपलब्ध हुने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । 

Advertisement

आगामी नोवेम्बरमा हुने विश्व व्यापार संगठनको १२ औं मन्त्रीस्तरीय सम्मेलनको लागि अति कम विकसित देशहरुको मन्त्री स्तरीय बैठकलाई मंगलवार भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । 

अति कम विकसि देशहरुको लागि कोभिड १९ विरुद्धको खोपको आपूर्तिलाई सहज बनाउनु प्राथमिक महत्वको विषय भएको मन्त्री शर्माको भनाइ छ । अति कम विकसित देशहरुको आपूर्ति व्यवस्था, कमजोर उत्पादक क्षमता, अपर्याप्त लगानी तथा डिजिटल डिभाइड (अर्थात डिजिटल प्रविधिको पहुँच नहुन) जस्ता बहुआयामिक चुनौतीहरु रहेको भन्दै उहाँले तिनको समाधानको लागि साझा पहलको आवश्यकता औंल्याए । 

नेपाल विकासशील मुलुकमा स्तरोन्न्ती हुने प्रयासलाई कोभिड १९ को अकल्पनीय महामारीले असर पु¥याएको र सन् २०३० भित्रमा दिगो विकास लक्ष पूरा गर्नको लागि चुनौती थपिएको उल्लेख गर्दै मन्त्री शर्माले विश्व व्यापार संगठन, संयुक्त राष्ट्र संघ तथा अन्य बहुपक्षीय दातृ निकायले संक्रमणकालीन सहायता बढाएर दिगो विकासको लक्ष  पूरा गर्न सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । यसका अतिरिक्त विकसित देशहरुले अति कम विकसित देशको बजार पहुँचका लागि ‘ड्यूटी फ्रि, कोटा फ्रि’ (भन्सार तथा कोटा सुविधा) सुविधा उपलब्ध गराउनुपर्ने र व्यापार पूर्वाधारका लागि निशर्त सहयोग बढाउनुपर्नेमा समेत उनले जोड दिए । 

यस्तै नेपाल जस्तो कम विकसित मुलुकमा जलवायु परिवर्तनको जोखिम रहेको हुँदा विकसित देशहरु र विकास साझेदारहरुले वित्तीय तथा प्राविधिक सहयोग बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए । 

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक र उपकरण अभावले थला परेको अस्पताल तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन एकीकृत समाजवादीको कार्यालय उद्घाटन गर्न बुटवल आउँदै माधव नेपाल चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे लुम्बिनी सरकारको चासो कांग्रेस प्रदेश अधिवेशनको उद्घाटनसत्र भोलि, प्रदेश-२ का केही जिल्लामा विवाद कायमै रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन रुपन्देहीका पत्रकारद्वय कंडेल र नेपाललाई रोटरी पत्रकारिता पुरस्कार तीन हजार पर्यटन मजदूरलाई राहत मतदाता नामावली संकलन पालिकाबाटै गरिने भरुवा बन्दुकसहित एक जना पक्राउ ओमिक्रोन भेरियन्टको कारण जापानले रोक्यो नयाँ आगमन उडान बुकिङ वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, तर ओली भृकुटीमण्डप पुगेनन् नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु