ताजा अपडेट »

खोप कार्डमा मोदीको तस्विरबिरुद्ध उजुरी, दुई साताभित्र जबाफ दिन सरकारलाई अदालतको आदेश

बुधबार, ०३ कार्तिक २०७८, ०२ : २९
4 Shares

नयाँ दिल्ली । कोभिड खोप लगाएको प्रमाणपत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर राखिएको विरोधमा एक असन्तुट व्यक्तिले केरलाको उच्च अदालतमा उजुरी दिएका छन् । ६२ वर्षीय पिटर नाम गरेका व्यक्तिले खोपमा मोदीको तस्विर टाँस्दा आफ्नो मौलिक अधिकार हनन् भएको जिकिर गर्दै अदालतमा उजुरी दिएका हुन् । उनी भारतको प्रमुख विपक्षी कंग्रेसका सदस्यसमेत हुन् । 

‘मैले खोप लगाएको प्रमाणपत्रमा प्रधानमन्त्रीको तस्विर राखेर नागरिकको निजी मामिलामा हस्तक्षेप भएको छ । प्रधानमन्त्री मोदीलाई यो कार्य तत्काल रोक्न आग्रह गर्छु ।’ उजुरीमा पिटरले भनेका छन् । खोपमा उनको नाम प्रयोग गर्नु प्रजातन्त्र र राष्ट्रका लागि अनुचित भएको उनको भनाई छ । 

पिटरको उजुरीबारे अध्ययन गर्दै केरला उच्च अदालतले केन्द्र र राज्य सरकारलाई दुई साताभित्र आफ्नो जबाफ दिन आदेश दिएको छ ।खोप लगाउनेको व्यक्तिको विवरणबाहेक भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको खोप कार्डमा मोदीको तस्विर पनि छापिएको छ । अगस्टमा फोटबारे विवाद बढेपछि स्वस्थ्यमन्त्री भारती प्रविन पावरले ‘वृहत सार्वजनिक हित’ का लागि मोदीको तस्विर छापिएको बताएकी थिइन् । 

तर, पिटरको आफ्नै तर्क छ । उनी भन्छन्, ‘मोदी हाम्रो पहिलो प्रधानमन्त्री होइनन् न त कोभिडबिरुद्ध खोप लगाउने भारत नै पहिलो देश हो । तसर्थ कार्डमा उनको तस्विर टाँस्न आवश्यक छैन् ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।