११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

खराब मौसम

काठमाडौं । सोमबारदेखिको अविरल वर्षापछि आएको बाढी पहिरो तथा डुबानले सुदूरपश्चिममा ठूलो जनधनको क्षति भएको छ । अझै पनि वर्षा भइरहँदा उद्धार तथा राहतमा कठिनाई भइरहेको छ । जनधनको क्षतिको विवरण आउने क्रम जारी छ ।

Advertisement

मुख्यमन्त्री कार्यालयका अनुसार हालसम्म बझाङमा २३ जना पहिरोमा परी वेपत्ता भएका छन् । बैतडी र डोटी सीमामा ५० देखि ६० जना थुनिएका छन् । डोटीमा ३ जनाको मृत्यु भएको छ ।  सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पहाडी जिल्लामा बिजुली आपूर्ति रोकिकाले सबै ठाउँमा सम्पर्क हुन नसकेको बताए । विद्युतसँगै टेलिफोन सेवा पनि अवरुद्ध भएकाले समस्या भएको उनको भनाइ छ ।

भट्टले प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाई भएको पनि बताए । ‘तत्काल उद्धार र व्यवस्थापन गर्ने भनेर प्रदेशको सम्पूर्ण संयन्त्र लागेको छ । उद्धार कार्यमा कुनै पनि कमी नहुनेगरी लागेको छ । मन्त्रीहरु नै लागेका छन् । संघीय गृहमन्त्रीसँग पनि कुरा भएको छ,’ उनले भने, ‘कञ्चनपुरमा मौसमका कारण हेलिकोप्टर ढिला भयो । ढिलै भए पनि फसेका ५ जनाको उद्धार गरियो । पहाडी जिल्ला बैतडी-डोटीको सीमामा ५०/६० मान्छे थुनिएका छन् । त्यहाँ पनि हेलिकोप्टर पठाइयो । तर दिपायल पनि पुग्न नसक्ने अवस्था भएकाले उद्धार गर्न सकिएको छैन ।’

उनका अनुसार प्रदेशका ठूला नदीहरुमा अहिलेसम्मै ठूलो बहाव देखिएको छ । महाकालीमा अहिलेसम्मकै उच्च बहाव देखिएको छ । कर्णालीमा पनि बहाव बढेको छ । डोटीमा पनि यति धेरै बहाव बढेको पहिलो पटक नै भएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Flash News

झापाकी इन्दिरासँग ‘इन्गेजमेन्ट’मा बाँधिए मुकुन्द घिमिरे पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व कर नबुझाउने करदातामाथि कारबाही सुरु