काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले एटलेटिको म्याड्रिडमाथि जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा लिभरपुलले एटलेटिको म्याड्रिडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।लिभरपुलको जितमा मोहमद सलाहले दुई गोल गरेका थिए भने नाबी किइटाले एक गोल गरेका थिए ।
त्यस्तै एटलेटिको म्याड्रिडका लागि एन्टोनी ग्रीजम्यानले दुई गोल गरेका थिए । ग्रीजम्यानले खेलको ५२औं मिनेटमा रातो कार्ड पाएपछि एटलेटिको १० खेलाडीमा सिमित भएको थियो । ग्रीजम्यानले लिभरपुलका रोबेर्टो फिर्मिनोलाई फाउल हानेपछि रेफ्रीले सिधै रातो कार्ड दिएका थिए ।
यो जितपछि लिभरपुलले समुह बि मा शतप्रतिशत नतिजा निकाल्दै ३ खेलमा ९ अंकसहित शिर्ष स्थानमा रहेको छ ।त्यस्तै एटलेटिको म्याड्रिडको ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया