ताजा अपडेट »

प्रतिनिधि सभाको बैठक कात्तिक ११ गते बस्ने

बुधबार, ०३ कार्तिक २०७८, ०१ : ०४
22 Shares

काठमाडाैं । प्रतिनिधि सभाको कात्तिक ९ गते मंगलवारका लागि निर्धारण गरिएको बैठक स्थगित गरिएको छ ।संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा मंगलवार जारी सूचनापत्रमा विशेष कारणबश बैठक बस्न नसक्ने उल्लेख छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको अर्काे बैठक कात्तिक ११ गते बिहीवार दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको पनि सूचनापत्रमार्फत जानकारी दिइएको छ ।रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।