ताजा अपडेट »

मोहम्मद जयन्तीमा राजाले ५१० कैदीलाई आममाफी दिने

मंगलबार, ०२ कार्तिक २०७८, २१ : ३६
2 Shares

रवात । मोरक्कोका ५१० कैदीलाई आममाफीको घोषणा गरिएको छ । मोरक्कोका राजा मोहम्मद छैठौंले मङ्गलबार उनीहरूलाई आममाफी दिएको घोषणा गरेका हुन् ।

इस्लाम धर्मावलम्बीहरूका ईश्वरदूत मानिने मोहम्मदको जन्मदिनको अवसर पारेर उनीहरूलाई आममाफी घोषणा गरिएको अधिकारीहरूले जनाएका छन् । मङ्गलबार संसारभरिका इस्लाम धर्मावलम्बीहरूले मोहम्मद जयन्ती मनाएका छन् ।

मुस्लीम धर्मावलम्बीहरू धेरै भएका देशहरूमा यस जयन्तीलाई विषेश महत्वका साथ मनाउने गरिन्छ । सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।