११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

कंचनपुर । कंचनपुर जिल्लास्थित महाकाली नदीको भङ्गालोमा फसेका भीमदत्त नगरपालिका मछेट्टीका एकै परिवारका पाँच जनालाई १८ घण्टापछि उद्धार गरिएको हो । सोमबार मध्यरातमा महाकाली नदीको जलस्तर वृद्धि भएसँगै महाकाली नदीको भङ्गालो गाउँ पसेपछि बीचमा फसेका पुष्करसिंह नायकको पाँच जनासहितको घर परिवारको उद्धार गरिएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले प्रहरीलाई सोमबार मध्यरातमा नायक परिवार फसेको खबर आएसँगै प्रहरीले विभिन्न निकायसँग समन्वय गरेको बताए । उनका अनुसार मंगलबार साँझ साढे ५ बजे फसेको स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत सुरक्षित स्थानतर्फ उद्धार गरिएको हो । पुष्करसिंह नायक, शान्ति नायक, सुरज नायक, अर्जुन नायक र अशोक नायकको उद्दार गरी नजिककै बस्तीमा राखिएको छ ।

बाँच्ने आस गुमाएका नायक परिवारलाई सरकारको पहलमा सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेपछि उनीहरू खुसी भएका छन् । कंचनपुरको दुर्गम बस्तीका रूपमा परिचित खल्लामछेट्टी जिल्लाको सदरमुकाम महेन्द्रनगरबाट ३८ किलोमिटर उत्तर क्षेत्रमा पर्छ । उक्त बस्ती बाढीको उच्चजोखिममा रहेको छ । खल्लामछेट्टीका स्थानीय युवा किसनसिंह खड्काले दुर्गम बस्तीका नागरिक विपद्को जोखिममा पर्दा ढिलै भए पनि सरकारले उद्धार गरेको भन्दै राज्यको आभास भएको बताए ।

उनका अनुसार सो गाउँमा झण्डै १०० परिवार डुबानमा परेका छन् । तटीय क्षेत्रका स्थानीय डुबानमा परेसँगै सुरक्षित भागतिर सरेका छन् । ब्रह्मदेवदेखि उक्त बस्ती जाने सडकसमेत चुरेबाट बग्ने खोला र महाकाली नदीको भङ्गालोका कारण जिल्लासँग सम्बन्ध बिच्छेद भएको खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

झापाकी इन्दिरासँग ‘इन्गेजमेन्ट’मा बाँधिए मुकुन्द घिमिरे पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व कर नबुझाउने करदातामाथि कारबाही सुरु