१५ मंसिर २०७८, बुधबार

Dec 1, 2021

फाईल फोटो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लाको उच्च हिमाली क्षेत्रमा वर्सातसँगै हिमपात भइरहेको स्थानीयवासीले बताएका छन् । अहिले करिब चार हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा हिमपात भइरहेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए । खुम्बु क्षेत्रमा पर्ने लुक्ला, नाम्चे खुम्जुङ, थामेसहितको क्षेत्रमा सोमबारदेखि निरन्तर वर्षा हुँदा चिसो महसुस भएको स्थानीयवासी लामाकाजी शेर्पाले बताए ।

Advertisement

उनका अनुसार कोङदे, थामसेर्कु, आमादब्लमलगायतका क्षेत्रमा आज बिहान करिब १० बजेदेखि नै हिमपात भइरहेकोे छ । निरन्तरको वर्षा तथा हिमपातका कारण खुम्बुको माथिल्लो क्षेत्र भ्रमणमा निस्केका पर्यटकहरु सोमबार बास बसेकै ठाउँमा रोकिएको शेर्पाले बताए । अहिले खुम्बु क्षेत्रका स्थानीयवासीको जनजीवन प्रभावित बनेको बताइएको छ । उनीहरुले हात मुखसमेत धुन नसकिरहेको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले बताए।

सदरमुकाम सल्लेरीसहित जिल्लाको तल्लो क्षेत्रमा समेत आज बिहानैदेखि भारी वर्षा भइरहेको छ । वर्षाले यहाँका नागरिकको जनजीवन प्रभावित बनेको छ । दसैँको बेला टण्टलापुर घाम लागेको भए पनि टीका सकिएको केही दिनमै भारी वर्षा हुँदा सडक हिलाम्मे छ भने बजार क्षेत्र सुनसान देखिएको छ । साप्ताहिक हाट नेले बजारसमेत सुनसान हुँदा व्यापारी रित्तो हात फर्केको कपडा व्यापारी बिकाउ दासले बताए ।

सगरमाथा क्षेत्रमा चहलपहल बढ्यो

कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सगरमाथा क्षेत्रमा चहलपहल बढेको छ । कोभिड–१९ सङ्क्रमणको त्रासका कारण सुनसान बनेको खुम्बु क्षेत्रमा अहिले भारीतय चलचित्र ‘उचाइ’ छायाङ्कन गर्ने कलाकर्मीदेखि अन्य आन्तरिक एवं बाह्य पर्यटकहरुको उपस्थिति रहेको छ ।

शरद् ऋतुको असोज महिनामा मात्रै आन्तरिकसहित दुई हजार पर्यटक खुम्बु प्रवेश गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । निकुञ्जको जोरसल्ले चेकपोष्टको तथ्याङकअनुसार सार्क देशका ४५२ जनासहित एक हजार ३२३ जना विदेशी लुक्लाबाट उकालो लागेका छन् । यस्तै पर्यटकका सहयोगीसहित ७७८ जना आन्तरिक पर्यटकसमेत खुम्बु क्षेत्र पुगेको बताइएको छ ।

अघिल्लो वर्षको असोजमा १४६ स्वदेशी तथा २५ विदेशी नागरिकले मात्रै निकुञ्ज क्षेत्रको भ्रमण गरेका थिए । अघिल्लो वर्ष कोरोनाका कारण ठप्प जस्तै बनेको पर्यटकीय गतिविधि यस वर्षको असोज महिनादेखि बिस्तारै लयमा फर्किन थालेको प्रमुख संरक्षण अधिकृत उपाध्यायले जानकारी दिए ।

एकै महिनामा ३३ लाख राजस्व सङ्कलन

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले एक महिनामा रु ३३ लाख ६८ हजार ८०० राजस्व सङ्कलन गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत उपाध्यायका अनुसार तेस्रो देशका पर्यटकबाट रु २६ लाख १३ हजार, सार्क देशका पर्यटकबाट रु छ लाख ७८ हजार र नेपालीबाट रु ७७ हजार ८०० राजस्व सङ्कलन भएको छ ।

तेस्रो देशका पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार, सार्क देशका पर्यटकबाट रु एक हजार ५०० र नेपालीबाट रु १०० प्रवेश शुल्क लिने गरेको निकुञ्जले जनाएको छ । खुम्बु आउने पर्यटकको सहजताका लागि काठमाडौँको भृकुटीमण्डपमै पनि राजस्व तिर्न सक्ने व्यवस्था गरिएको निकुञ्जले जनाएको छ । असोज महिनामा भृकुटीमण्डपबाट ४४ जना विदेशी पर्यटकले प्रवेश शुल्क तिरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

विसं २०३२ मा स्थापना भएको निकुञ्ज एक हजार १४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । यस निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कुलगायतका हिमचुचुरा छन् ।

सन् १९७९ देखि निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो । निकुञ्जभित्र पर्ने गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ । रासस

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक र उपकरण अभावले थला परेको अस्पताल तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन एकीकृत समाजवादीको कार्यालय उद्घाटन गर्न बुटवल आउँदै माधव नेपाल चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे लुम्बिनी सरकारको चासो कांग्रेस प्रदेश अधिवेशनको उद्घाटनसत्र भोलि, प्रदेश-२ का केही जिल्लामा विवाद कायमै रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन रुपन्देहीका पत्रकारद्वय कंडेल र नेपाललाई रोटरी पत्रकारिता पुरस्कार तीन हजार पर्यटन मजदूरलाई राहत मतदाता नामावली संकलन पालिकाबाटै गरिने भरुवा बन्दुकसहित एक जना पक्राउ ओमिक्रोन भेरियन्टको कारण जापानले रोक्यो नयाँ आगमन उडान बुकिङ वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, तर ओली भृकुटीमण्डप पुगेनन् नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु