ताजा अपडेट »

बाढीले बगाएर ४० वर्षीय पुरुषको मृत्यु

मंगलबार, ०२ कार्तिक २०७८, २० : २९
4 Shares

उदयपुर । मंगलबार बिहानदेखि आएको निरन्तर वर्षाका कारण उदयपुरको त्रियुगा नगरपालिका– ५ लालपतास्थित बिलाउनेको कोरिया खोलामा आएको बाढीले एक ४० वर्षीय पुरुषलाई बगाउँदा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बाढीले बगाएर मृत्यु हुने पुरुष बिलाउनेका ४० वर्षीय टुकबहादुर खड्का रहेको जिप्रका उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए । खड्का आज बेलुकी खोला तरेर पल्लो गाउँ जान खोज्दा खोलाले बगाएको थियो भने खोजी गर्ने क्रममा प्रहरी टोली र स्थानीयले साँझ ६ः३० बजे एक किलोमिटर तल खोलाको बगरमा खड्का मृत फेला परेको प्रहरीले बताएको छ ।

अहिले जिल्ला प्रहरीको टोली घटनास्थल पुगेर खड्काको शव सर्जमिन मुचुल्का गरेर परीक्षणका लागि जिल्ला अस्पताल गाईघाट ल्याउने तयारी भएको जिल्ला प्रहरी उदयपुरले बताएको छ । घटनास्थल जिल्ला सदरमुकाम गाईघाटदेखि २५ किलोमिटर दक्षिण सप्तरी र उदयपुर जिल्लाको सिमानामा रहेको प्रहरीले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।