ताजा अपडेट »

पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

मंगलबार, ०२ कार्तिक २०७८, २० : २३
4 Shares

बैतडी । बैतडीको शिवनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । शिवनाथ- ६ बसेडीका रामी पार्कीको घर पहिरोले पुरिँदा उनका दुई जना बुहारी र एक जना नातिको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिए । 

मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र तीन वर्षीय सोम पार्की रहेका छन् । साँझ ६ बजेको समयमा प्रहरीले घटनास्थलबाट तीन जनाकै शव निकालेको छ ।

अहिले घटनास्थलमा सुल्लेखान र सार्माली प्रहरी चौकीबाट दुईवटा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।