२१ मंसिर २०७८, मंगलवार

Dec 7, 2021

सुनसरी । सुनसरीको तरहरास्थित पानीपियामा बाढीमा फसेका छ घर परिवारलाई सुरक्षाकर्मीले उद्धार गरेको छ । नेपाल प्रहरी र नेपाली सेनाले ती घर परिवारका १५ जनालाई उद्धार गरेको हो । उनीहरूलाई घण्टौँ लगाएर उद्धार गरिएको इलाका प्रहरी कार्यालय तरहराका प्रहरी नायव निरीक्षक मनोज अधिकारीले जानकारी दिए ।

यस्तै, निरन्तरको वर्षाले सुनसरीको इटहरी उपमहानगरका अधिकांश क्षेत्र डुबानमा परेका छन् । इटहरीका बुढी खोला, टेङ्ग्रा खोला र खेती खोला मानव बस्तीमा पसेसँगै डुबान बनेको हो । इटहरी चोक, तरहरा, बरगाछीलगायतका स्थानमा डुबान भएको छ ।

डुबानका कारण कतिपय बस्तीमा मानिसहरू फसेका छन् । उनीहरूको उद्धार गर्ने काम भइरहेको छ । वर्षाकै कारण इटहरीदेखि धरान जाने मुख्य सडक खण्डसमेत अवरुद्ध भएको छ । त्यस्तै, इटहरीदेखि विराटनगर जोड्ने सडकमा समेत आवतजावत बन्द भएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

‘नो लालपुर्जा, नो भोट’ भन्दै रत्ननगरमा सुकुम्बासीको प्रदर्शन प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन केपी ओलीलाई बारको ज्ञापनपत्र यसवर्ष ढोरपाटनमा चुके सिकारी बुटवलको दीप बोर्डिङ्ग स्कूलमा ‘दीप स्वाट’ सैनामैनामा कर्मचारी संगठनको नयाँ नेतृत्व रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सतर्कता काँग्रेस केन्द्रिय सदस्यमा लुम्बिनीका ऊर्जा, जलस्रोत मन्त्री रानाको उमेद्वारी झापामा वर्षमा आठ सय बढी हराउँछन्, मान्छे हराउँदा आधा मात्र भेटिन्छन् राष्ट्रियसभा निर्वाचन कार्यतालिका : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान सभापतिको साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल-कोइराला समूहको बैठक सुरु इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा ओमिक्राेन बिरामीले भरिए अस्पताल मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा तीन जोनका लागि रु पाँच करोड विनियोजन न्यानो घर निर्माणमा आर्थिक अभाव कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक ! कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित एक सय ३४ जना निर्वाचनबाट चुनिँदै नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै, भरतपुर महानगरको सक्रियता