१७ मंसिर २०७८, शुक्रबार

Dec 3, 2021

बुटवल । मोतीपुर औद्यौगिक क्षेत्रको जग्गा अतिक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जग्गा अतिक्रमणका लागि मानिसहरुलाई उक्साउने, टोली गठन गर्ने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने, ब्यानर निर्माण गर्ने लगायतका काममा संलग्न भएको भन्दै प्रहरीले ४४ वर्षिय साविर अलिलाई पक्राउ गरी मँगलबार सार्वजनिक गरेको छ ।

Advertisement

कपिलवस्तु सुद्धोधन गांउपालिका–६ स्थायी घर भई हाल रुपन्देहीको बुटवल उप-महानगरपालिका-११ देवीनगरमा बस्दै आएका उनलाई मुख्य अभियुक्तको रुपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सोमबार अलि बस्दै आएको देविनगर स्थित डेराबाट पक्राउ गरी आज सार्वजनिक गरिएको प्रहरीले जानकारी गराएको छ ।

पक्राउ परेका अलिलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्बजनिक शान्ती बिरुद्धको कसूरमा मुद्दा दर्ता भई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अभियुक्तको साथबाट प्रहरीले ३ थान ब्यानर, माईनटिङको प्रतिलिपी, टोली गठन गरेको सम्पर्क नम्बर सहितको नामावली उल्लेख भएको १३ थान कागजात र बस्ती विकासको सहयोग रसिद २ थान फेला परेको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रदेश गौरबको आयोजनाका रुपमा रहेको मोतिपुर औद्यौगिक क्षेत्रमा गएको असोज २४ गते जग्गा कब्जा गर्न आएका व्यक्तिहरु र सुरक्षाकर्मी बीच झडप हुँदा ४ जनाले ज्यान गुमाएका थिए । अतिक्रमणका क्रियाकलाप बढेपछि त्यस क्षेत्रमा अहिले पनि कडा रुपमा सुरक्षा परिचालन गरिएको छ । औद्यौगिक क्षेत्र शिल्यानसको समयदेखि नै विवादी बनेको त्यस क्षेत्रमा विभिन्न ठाउँबाट सुकम्बासीका नाममा जग्गा कब्जा गर्ने प्रयास भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

घरेलु टोलिले जित्यो आत्मानन्द गोल्डकपको उपाधि नेकपा एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो: नारायणकाजी श्रेष्ठ बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीको विदाई, भारतीलाई स्वागत ‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति लुम्बिनीसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि साइकल यात्रा आगलागीबाट ७० लाख बराबरको क्षति कांग्रेस बाग्मती प्रदेश सभापतिमा बानियाँ, केसी र प्रधानले दिए उम्मेदवारी ६ करोड बढी लागतमा बुटवलमा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर ! कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै सुदूरपश्चिम प्रदेश : आन्तरिक मामिला मन्त्रालय तीन महिनादेखि सचिवविहीन, आर्थिक कारोबार बन्दले सेवा प्रवाहमा समस्या राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द विवेकशील साझाले शनिबार ललितपुरमा बृहत आमसभा गर्दै काँग्रेस महाधिवेशनः लुम्बिनीमा शाह र पुनले प्यानलसहित गरे उम्मेदवारी दर्ता पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु ४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले थ्री स्टारसँग अंक बाँड्याे नायिका करिश्मा र गायिका रचना पनि कक्षा १२ उत्तीर्ण कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ