ताजा अपडेट »

पश्चिम नवलपरासीमा मनाइयो 'मोहम्मद जयन्ती'

मंगलबार, ०२ कार्तिक २०७८, १९ : १०
4 Shares

परासी । ईस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १४९६ औं जयन्ती पश्चिम नवलपरासीमा पनि धुमधामका साथ मनाइएको छ । ईस्लाम धर्मको सामाजिक तथा धार्मिक सन्देश दिन पश्चिम नवलपरासीका मुस्लिमहरु आज मगंलबार गाउँ–गाउँमा हर्षोउल्लासका साथ जन्मजयन्ती मनाएका हुन् ।

आज विश्वभरिका मुस्लिम समुदायले ईस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १४९६ औं जन्मज्यन्ती धुमधामका साथ मनाई रहेका बेला जिल्लाका मुस्लिमहरुले पनि जुलुस र मिलादखानी जस्ता विभिन्न कार्यक्रमहरु गरि ज्यन्ती धुमधामका साथ मनाएका हुन् । राष्ट्रिय ओल्मा काउन्सिल नेपालका राष्ट्रिय अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाको नेतृत्वमा जिल्लाको सदरमुकाम परासी बजारमा गाउँ–गाउँबाट जुटेका स–साना जुलुसहरु एक भव्य ज्लुसको सकल पाई परासी बजारको परिक्रमा गरेको थियो । शान्तीचौरबाट निकालिएको उक्त भव्य मोहम्मदी ज्लुस बाईपास, जिल्ला प्रशासन कार्यालय हुँदै बुद्धचोकस्थित एक सभामा परिणत भएको थियो ।

जुलुसमा हजार बढी मुस्लिमहरुको सहभागिता रहेको थियो । जुलुसमा सहभागीहरु, रंगिचंगी ब्यानर, ईस्लामि तथा राष्ट्रिय झण्डा बोकी ईस्लामि पोसाकमा सजिएका थिए । ज्लुसका सहभागीहरु ईस्लामि तथा राष्ट्रिय नाराहरु लगाई परासी बजारको परिक्रमा गरेका थिए । ईस्लाम धर्मका परवर्तक पैगम्बरे आजम हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमले दिएको ईस्लामि तथा सामाजिक सन्देश र अमनचयनका सन्देश दिन मुस्लिम समुदायहरु बर्षेनी यसरी भव्यताका साथ मोहम्मद ज्यन्ती मनाउँदै आएका छन् ।

वर्षेनी अरबी हिजरीकोे छैठों महिनाको १२ तारिख बारह रबिउल अव्वलका दिन मुस्लिम समुदायहरु यो मोहम्मद ज्यन्ति मनाउदै आएको राष्ट्रिय ओल्मा काउन्सिल नेपालका राष्ट्रिय अध्यक्ष एवं ज्लुसका संयोजक मौलाना सैयद गुलाम हुसैन मिंयाले बताए । पैगम्बर मोहम्मद साहब आएपछि समाजमा रहेका कुपर्था तथा विकृति विसंगतीलाई समाप्त पारी सहि मार्गदर्शन गरेको मुस्लिम समुदायको धर्मिक मान्यता रहेको मुस्लिम नेता हैदर अलि मोमिनले जानकारी दिए ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल