२१ मंसिर २०७८, मंगलवार

Dec 7, 2021

पाल्पा । निरन्तरको वर्षाले सोमबार बिहानैदेखि बुटवल-पाल्पा सडक खण्ड दिनभर नै खुल्ने र बन्द हुने क्रम चली रह्यो । ‘मृत्युमार्ग’को रूपमा परिचित यस सडक खण्डको ठाउँठाउँमा गएको पहिरोले यात्रुले सास्ती भोगे ।

Advertisement

सडक खण्डको गौडेपुल, कालीमाटी, हिउँदे खोला, झुम्सा, दोभान, सिद्धबाबालगायतका दर्जनभन्दा बढी ठाउँमा ढुंगासहितको पहिरो जाँदा यात्रुले घन्टौँ जाममा बस्नुपरेको थियो । सडक लामो समय बन्द नभए पनि सानोतिनो पहिरोका कारण पनि यात्रुले समस्या भोगेको गुल्मीबाट काठमाडौंको यात्रा गरेका नवीन अर्यालले बताए ।

पहिरो हटाउन जेसीवी र जनशक्ति तयारी अवस्थामा तैनाथ राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । रातिको समयमा पाल्पा-बुटवल खण्ड भएर यात्रा गर्न निकै जोखिमपूर्ण रहेकाले आकस्मिकबाहेकको यात्रा नगर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले आग्रहसमेत गरेको छ ।

हिउँद होस् या बर्खा, सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक खण्डमा यात्रुले सास्ती भोग्नुपर्ने नियति नै बनेको छ । चुनावताका ‘भोट कार्ड’को रूपमा प्रयोग हुने यस सडक खण्डले धेरै जनालाई मन्त्री, सांसद बनाएको भए पनि सडक भने बन्न सकेको छैन ।

यस खडक खण्ड भएर पाल्पासहित गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत. बागलुङ, कास्की, पर्वतसम्म सवारी आवतजावत गर्ने गर्छन् । – सुनिल कार्की/न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

न्यानो घर निर्माणमा आर्थिक अभाव कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक ! कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित एक सय ३४ जना निर्वाचनबाट चुनिँदै नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै, भरतपुर महानगरको सक्रियता मकवानपुरमा कोरोना विरुद्धको खोप लगाएकी महिलाको मृत्यु ओली भेट्न बालकोट जाँदै बारका पदाधिकारी, प्रधानन्यायाधीश हटाउन अनुरोध गर्ने प्रधानमनन्त्री कप प्रदेशस्तरीय टि २० : आज सिरहा र महाेत्तरी तथा सर्लाही र बाराबीच भिडन्त टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै, एकै दिनमा २० हजारमा संक्रमण खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु कांग्रेस महाधिवेशन : पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने संख्या बढ्यो जातीय दंगामा परी ४८ जनाको ज्यान गयो घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित : २४ उजुरी पर्दा १८ मा मिलापत्र ! काठमाडौं र ललितपुरका कांग्रेस सभापतिलाई दायाँ-बायाँ राखेर प्रकाशमानले खोले सम्पर्क कार्यालय रुपन्देहीमा २५ हजार सदस्यलाई आवद्ध गर्ने अनेरास्ववियूको अभियान मणिउजेशद्वारा असहाय बालबालिकालाई सहयोग राेहिंज्याँ मुसलमानले किन मागे फेसबुकसँग १५० अर्ब डलर क्षतिपूर्ति ? विजयीको तीन दिनमा लिङ्देनलाई बधाई दिए रवीन्द्र मिश्रले, राप्रपासँग विचार मिलेकाे हाे ? जन्ती बस दुर्घटना : घाइते एक जनाकाे मृत्यु अखाद्य वस्तु भेटिएपछि बेकरी उद्योगमा ताला अग्निपीडितलाई निःशुल्क स्वास्थ्य जाँच