११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

काठमाडौं । बाँकेकी निर्मला कुर्मीको हत्या र नन्कुन्नी धोबीको बेपत्ता भएको घटनाबारे तत्काल अनुसन्धान सुरु गर्ने सरकारसँग सहमति भएपछि नेपालगञ्जकी अधिकारकर्मी रुबी खानले आमरण अनसन तोडेकी छन् ।

Advertisement

गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाएर उक्त घटनाको सत्यतथ्य छानबिन गर्ने सहमति भएपछि आज खान अनसनरत स्थान माइतीघर मण्डलामा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल र राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारीले जुस खुवाएर अनसन तोडाएका हुन् ।

धोबीको मृत्यु र कुर्मी बेपत्ता भएको घटनामा सरकारसमक्ष आवश्यक छानबिनको माग गर्दै न्यायका लागि खान १२ दिनदेखि आमरण अनसन बसेकी थिईन् । उक्त घटनाको छानबिनका लागि गृहमन्त्रालयका सहसचिव रेग्मीको संयोजकत्वमा सदस्यहरु नेपाल प्रहरीका प्रहरी उपरीक्षक रामप्रकाश शाह, अनुसन्धान विभागका उपनिर्देशक वीरेन्द्रसिंह कार्की, गृहमन्त्रालयका उपसचिव रामप्रसाद लम्साल, मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका गरी छ सदस्यीय समिति गठन गरिएको छ ।

गृह प्रवक्ता पोखरेलले सहमतिमा ७ दिनभित्र उक्त घटनाको प्रतिवेदन तयार गरी बुझाउने सहमति र त्यसका लागि गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनरत पक्षसँग समितिको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।

आमरण अनसन तोड्नुअघि खानले सरकारसँग भएको सहमतिले सम्पूर्ण महिलाको जीत भएको र समितिले सत्यतथ्य बाहिर ल्याउनेमा आफू विश्वस्त रहेको बताए । उक्त घटनाको छानबिनको माग राखी बाँके जिल्लाबाट गत असोज १ गतेदेखि पैदलयात्रा गरी २० दिनमा काठमाडौँ आइपुगेकी खानले आमरण अनसन सुरु गरेकी थिईन् । रासस

प्रतिकृया दिनुहोस्

Flash News

झापाकी इन्दिरासँग ‘इन्गेजमेन्ट’मा बाँधिए मुकुन्द घिमिरे पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व कर नबुझाउने करदातामाथि कारबाही सुरु