ताजा अपडेट »

सुदूरपश्चिम सरकारले नौवटै जिल्लालाई तत्काल २५/२५ लाख उपलब्ध गराउने

मंगलबार, ०२ कार्तिक २०७८, १७ : ५०
6 Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बोलाएको आकस्मिक मन्त्रिपरिषद् बैठकले प्राकृतिक प्रकोपबाट प्रभावित प्रदेशका नौवटै जिल्लामा तत्कालका लागि २५/२५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश सरकारकी प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीले भनिन्, ‘क्षतिका आधारमा सरकारले आगामी दिनमा थप सहयोग गर्ने नै छ । तत्कालका लागि सबै जिल्लालाई २५/२५ लाख उपलब्ध गराउने निर्णय गरिएको छ ।’

प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको उद्धार र तत्कालीन राहत उपलब्ध गराउन सो बजेट प्रयोग गर्न सकिने मन्त्री जोशीले बताइन् । सो रकम जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा जम्मा हुनेछ ।

यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।