ताजा अपडेट »

नेपालमा थप १ हजार ९६ जनामा संक्रमण, १२ को मृत्यु

मंगलबार, ०२ कार्तिक २०७८, १७ : २९
2 Shares

बुटवल । नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ८ हजार १४० र एन्टिजेन विधिबाट १ हजार ७७३ जनामा परिक्षण गर्दा १ हजार ९६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख ६ हजार ५१७ र एन्टिजेन विधिबाट ९३ हजार ५६९ जना पुगेको छ ।

यस्तै, नेपालमा थप १ हजार ४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८३ हजार ३९७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ३०५ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।