११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

पोखरा । बेनी-जोमसोम सडकमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङको सीमाक्षेत्रबाट सवारीसाधान आउजाउ गर्न सकेका छैनन् । सोही कारण दर्जनौं गाडी विभिन्न ठाउँमा अलपत्र परेका छन् ।

Advertisement

रुप्से झरना, काभ्रेभीर र डुम्रीभीरमा बढी समस्या भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । ‘मंगलबार विहान एक पटक सबै साना गाडी पास गराएका छौं । ठूला गाडी पास हुने अवस्था छैन,’ उनले भने,  ‘फोर ह्वीलर गाडी मात्रै आउजाउ गर्न सक्छन् ।’

बाटो बिग्रिएपछि म्याग्दीको बेनीबाटै गाडी प्रवेशमा रोक लगाइएको उनले बताए । लकडाउन र बाढी पहिरोपछि दुई साताअघि मात्रै बेनी–जोमसोम सडक खुलेको थियो । दानादेखि घाँसासम्मको करिब पाँच किलोमिटर दुरी सबैभन्दा जोखिमपूर्ण छ ।

बाटो अवरुद्ध भएपछि मुस्ताङ घुम्न गएका पर्यटकहरू समस्यामा परेका छन् । ठेकेदारले समयमा काम नगर्दा पहिरोसँगै सडक पनि हिलाम्मे भएको छ । सबैतिर खाल्डैखाल्डा छ । बेनीदेखि जोमसोमसम्मको सडक स्तारेन्नती गर्न साढे दुई अर्बभन्दा बढीमा ठेक्का लागेको छ । चार खण्डमा ठेक्का दिएकोमा कोरलादेखि जोमसोमसम्म काम भैरहेको छ । समरको भीरदेखि स्याङबोचेसम्म काममा ढिलाई भएको छ ।

यो सडक १० मिटर फराकिलो गर्ने योजना छ । त्यसमा ७ मिटर पीचको हुने छ । सडक हिलो भएपछि डोजरले गाडी तानेर पास गराईरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले बताए । ‘प्रहरी खटाएका छौं । डोजरले गाडी तानिरहेको छ,’ उनले भने,  ‘डुम्रीभीरको बाटो नभएपछि अर्काको जग्गाबाट पास गराएका हौं ।’ उनले वर्षा जारी रहेकाले अहिले मुस्ताङ भ्रमणको योजना नबनाउन पनि आग्रह गरेका छन् । मुस्ताङका साना खोलाहरुमा समेत बाढी आईरहेको स्थानीय शुशीलबाबु थकालीले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

झापाकी इन्दिरासँग ‘इन्गेजमेन्ट’मा बाँधिए मुकुन्द घिमिरे पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व कर नबुझाउने करदातामाथि कारबाही सुरु