ताजा अपडेट »

अर्घाखाँचीमा एक महिलाद्वारा आत्मदाहको प्रयास

मंगलबार, ०२ कार्तिक २०७८, १६ : ४६
22 Shares

बुटवल । अर्घाखाँचीमा एक महिलाले शरीरमा मट्टीतेल खनाई आत्मदाहको प्रयास गरेकी छन् । जिल्लाको सन्धिखर्क नगरपालिका– २ चुत्राबेशी स्थित प्रतिक्षालयमा सोही ठाउँकी ४३ वर्षीया नुमकला बिकले मट्टितेल खनाई आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी गणेश खनालले बताए ।

ती महिलालाई उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल अर्घाखाँची पठाईएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।