१७ मंसिर २०७८, शुक्रबार

Dec 3, 2021

धनगढी । कर्णाली नदीमा आएको बाढीले रानीजमरा कुलरिया सिंचाइ आयोजना अन्तर्गत निर्माण गरिएको नहर फुटेको छ । नहर फुट्दा कर्णालीको पानी सोझै बस्तीमा गएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नहर फुटेपछि कैलालीको टिकापुर नगरपालिका र जानकी गाउँपालिका जोखिममा परेको छ ।

Advertisement

नहर फुटेपछि ५०/६० घर डुबान भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए । उनका अनुसार अहिले जोखिममा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा नहरमा निर्माण गरिएका थ्रेटर बन्द गर्ने काम भइरहेको छ । तर कर्णालीमा पानीको अत्याधिक बहावले थ्रेटर पुर्न समस्या भइरहेको ।

सो क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २० सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी टिकापुरस्थित नदी नियन्त्रण गर्न निर्माण गरिएको ड्याम भत्किएपछि कर्णाली नदी गाउँ पसेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टिकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीले तटबन्ध बगाएको छ । तटबन्ध बगेपछि कर्णाली नदी गाउँ पसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता विष्टले बताए । मंगलबार साढे १ बजेतिर तटबन्ध बगेको हो । कर्णालीले तट्बन्धन बगाउँदा टीकापुरका वडा नम्वर ५, ६, ७, ८ र ९ मा प्रभाव परेको छ । -न्यूज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

घरेलु टोलिले जित्यो आत्मानन्द गोल्डकपको उपाधि नेकपा एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो: नारायणकाजी श्रेष्ठ बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीको विदाई, भारतीलाई स्वागत ‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति लुम्बिनीसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि साइकल यात्रा आगलागीबाट ७० लाख बराबरको क्षति कांग्रेस बाग्मती प्रदेश सभापतिमा बानियाँ, केसी र प्रधानले दिए उम्मेदवारी ६ करोड बढी लागतमा बुटवलमा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर ! कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै सुदूरपश्चिम प्रदेश : आन्तरिक मामिला मन्त्रालय तीन महिनादेखि सचिवविहीन, आर्थिक कारोबार बन्दले सेवा प्रवाहमा समस्या राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द विवेकशील साझाले शनिबार ललितपुरमा बृहत आमसभा गर्दै काँग्रेस महाधिवेशनः लुम्बिनीमा शाह र पुनले प्यानलसहित गरे उम्मेदवारी दर्ता पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु ४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले थ्री स्टारसँग अंक बाँड्याे नायिका करिश्मा र गायिका रचना पनि कक्षा १२ उत्तीर्ण कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ