११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

काठमाण्डौं । निर्देशक आकाश अधिकारीले निर्माता उमा गिरी (बेबी) सँगको सहकार्यमा ‘कृत काव्या’ नामक चलचित्र निर्माण गर्ने भएका छन् । अधिकारीले दसैंको अवसर पारेर फेसबुकमार्फत चलचित्रको थीम पोस्टरसमेत सार्वजनिक गरेका छुन् । पोस्टरमा आकाश-उमाको प्रस्तुति लेखिएको छ । 

Advertisement

यसअघि ‘इशारा’ र ‘कहीँ कतै’ नामक फिल्म निर्माण गरेकी उमा ‘कृत काव्या’ मा पनि निर्मात्री छिन् । अभिनेत्रीका रूपमा समेत रहेकी उमाले आफूले अभिनय गरेका अधिकांश चलचित्रमा लगानी गरेकी छिन् । यो चलचित्रमा पनि उनी महत्वपूर्ण भूमिकामा रहने बताइएको छ । 

निर्देशक आकाशले केही महिनाअघि उमालाई एउटा म्युजिक भिडियोमा अभिनय गराएका थिए । त्यतिबेलादेखि नै उनीहरूबीच चलचित्र निर्माण प्रक्रिया अघि बढेको बताइन्छ । निर्देशक अधिकारीले यो चलचित्रलाई टिनएजर्स लभस्टोरीका रूपमा व्याख्या गरेका छन् । उनी स्वयंको लेखन रहेको फिल्मका कलाकारको भने टुंगो लागेको छैन । 

नेपाली र हिन्दी भाषामा निर्माण गर्न लागिएको चलचित्रको केही दृश्य भारतको सिक्किममा हुनेछ । निर्मात्री उमा भारतीय भएकाले उनले निर्माण गर्ने सबै फिल्म सिक्किमतिर खिच्ने गरिएको छ । सिक्किम सरकारले पर्यटन तथा संस्कृतिको जगेर्ना भन्दै त्यहाँ छायांकन गर्ने चलचित्रलाई अनुदान रकम उपलब्ध गराउने गरेको छ । सोही कारण पनि उमाले आफ्नो चलचित्रका केही दृश्य तथा कलाकार सिक्किमतिरबाटै लिने गरेकी छिन् ।

निर्देशक अधिकारीले गत वर्ष सौगात मल्ललाई लिएर एउटा चलचित्र निर्माण गर्न लागेको घोषणा गरेका थिए । तर सो चलचित्रको छायांकन सुरु हुने कुनै तयारी नभएको बताइन्छ । ‘कृत काव्या’ मा उमाका साथमा उनकी छोरी शिवानी गिरीले पनि अभिनय गर्ने जानकारी प्राप्त भएको छ । शिवानीले ‘कहीँ कतै’ फिल्मबाट फिल्ममा डेब्यु गरेकी हुन् । चलचित्रको छायांकन तिहारपछि थालिने निर्देशक अधिकारीले बताए । 

प्रतिकृया दिनुहोस्

Flash News

पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व कर नबुझाउने करदातामाथि कारबाही सुरु अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ: योगेश भट्टराई