ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना हुँदा एकजना घाइते

मंगलबार, ०२ कार्तिक २०७८, १४ : ३८
19 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । मंगलबार दिउँसो सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडकखण्ड अन्तर्गत योगीकुटीमा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सडक किनारमा रोकेको टिप्परमा मोटर साइकलले ठक्कर खाँदा मोटर साइकल चालक घाइते भएको र उनको उपचारका लागि बुटवलस्थित चौराह अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ५० प १२२ नम्बरको मोटरसाइकल सोही दिशामा रहेको लु २ ख ४६६७ नम्बरको टिप्परमा ठक्कर खाएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।