ताजा अपडेट »

प्रिमियर इन्सुरेन्सको संस्थापक सेयर लिलामी आजदेखि खुला

मंगलबार, ०२ कार्तिक २०७८, १३ : २०
6 Shares

काठमाण्डौं । प्रिमियर इन्सुरेन्स कम्पनीले आजदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले मंगलबारदेखि पाँच लाख ४२ हजार नौ सय ६५ कित्ता संस्थापक सेयर लिलामी गर्न लागेको हो । 

कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य चार सय रुपैयाँ तोकेको छ । लगानीकर्ताले चार सय रुपैयाँलाई आधार मानेर सो वा भन्दा बढी मुल्य बोलकबोल गरी  बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम पाँच सय कित्तादेखि अधिकतम चाहे जतिका लागि आवेदन दिन सक्नेछन् ।
 
यसमा विद्यमान संस्थापक सेयरधनी, अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्ने अन्तिम म्याद १२ कात्तिक तोकिएको छ । आवेदकले बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल बबरमहल, काठमाडौंमा पुग्नेगरी बोलपत्र पेश गर्न सक्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।