ताजा अपडेट »

नबिल बैंकको महाप्रबन्धकमा मनाेज ज्ञवाली

मंगलबार, ०२ कार्तिक २०७८, १३ : १४
4 Shares

काठमाण्डौं । नबिल बैंकका डेपुटी जनरल म्यानेजर मनोजकुमार ज्ञवालीको महाप्रबन्धकमा बढुवा भएको छ । बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले उनलाई महाप्रबन्धकमा बढुवा गरेको हो।

ज्ञवालीले नायब महाप्रबन्धक पदमा हुँदा बैंकिङलाई भ्यालु एडिसनमा लैजान मद्दत गरेको भन्दै सञ्चालक समितिले महाप्रबन्धकमा बढुवा गरेको बैंकले जनाएको छ । नबिल बैंकमा महाप्रबन्धकले डेपुटी प्रमुख कार्यकारीको हैसियतमा काम गर्न पाउने व्यवस्था  छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।