२१ मंसिर २०७८, मंगलवार

Dec 7, 2021

भैरहवा । इस्लाम धर्मावलम्बीका प्रवद्र्धक हजरत मोहम्मद मुस्तफा सल्लल्लाह अहैहिव सल्लमको १४ सय ९६ औं जन्मदिन भैरहवामा भब्य रुपमा मनाईएको छ । २ बर्ष कोरोनाको कारण सोचे अनुरुप नभएको मोहम्मद जयन्ती यस पटक कोरोना केही मत्थर भए पछि भैरहवावासी खुलेर मोहम्मद जयन्ती मनाएका हुन् ।

Advertisement

१४ सय ९६ औं मोहम्मद जयन्तीका अवसरमा भैरहवाको सडक झण्डाले पुरै रंङ्गिएको छ । पैगम्बर मोहम्मदको जन्मदिन भब्य ¥याली सहित विभिन्न कार्यक्रम गरी मनाईएको हो । इस्लाम धर्मका अन्तिम सन्दशेकर्ता समेत मानिने मोहम्मद जयन्ती आज मुस्लिम धर्मावलम्बीले बिशेष रुपमा मनाउने गर्छन् । जन्मदिनको अवसरमा भैरहवामा भब्य र्याली निकालिएको छ ।

यस क्षेत्रमा रहेका विभिन्न मस्जिद, मदरसा, मुस्लिम संघसंगठन, धार्मिक संघसंस्था तथा मुस्लिम अगुवाहरुकोे आयोजनामा मिलनचोक बुद्धचोकबाट ¥याली नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । सिद्धार्थनगर नगरपालिका भित्रको दोगहरा, गल्लामण्डी, पक्लिहवा, खजहना, खजुरिया, कठौतिया, उदयपुर, गोलिगढ, भैरहवा बजार लगायत चैनपुर, बसन्तपुर, बेनिपुरका मुस्लिम समुदायको सहभागिता रहेको छ ।

स्थानीय अब्दुल जब्बारका अनुसार मोहम्मदले मेलमिलापको सन्देश फैलाएको बताए । सबै मिलेर एक हुनु पर्ने, धर्मको नाममा भेदभाव गर्न नहुने, सबै धर्म समान भएको उनले सन्देश दिएको जब्बारले बताए ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बिउल औवल महिना को १२ तारिखका दिन बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदीको मक्का शहरमा भएको हुँदा यस दिन विश्वभरीका मुस्लिमहरुले भव्यताका साथ बिविध कार्यक्रम गरी मनाउने गर्दछन् । जन्मदिनको खुसियालीमा मुस्लिम समुदायले जश्ने ईद मिलादुन नवि (रबिउलऔवल) को रुपमा मनाउने गर्दछन् । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ प्रवचन, जीवनी वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचन कार्यतालिका : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान सभापतिको साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल-कोइराला समूहको बैठक सुरु इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा ओमिक्राेन बिरामीले भरिए अस्पताल मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा तीन जोनका लागि रु पाँच करोड विनियोजन न्यानो घर निर्माणमा आर्थिक अभाव कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक ! कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित एक सय ३४ जना निर्वाचनबाट चुनिँदै नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै, भरतपुर महानगरको सक्रियता मकवानपुरमा कोरोना विरुद्धको खोप लगाएकी महिलाको मृत्यु ओली भेट्न बालकोट जाँदै बारका पदाधिकारी, प्रधानन्यायाधीश हटाउन अनुरोध गर्ने प्रधानमनन्त्री कप प्रदेशस्तरीय टि २० : आज सिरहा र महाेत्तरी तथा सर्लाही र बाराबीच भिडन्त टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै, एकै दिनमा २० हजारमा संक्रमण खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु कांग्रेस महाधिवेशन : पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने संख्या बढ्यो जातीय दंगामा परी ४८ जनाको ज्यान गयो घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित : २४ उजुरी पर्दा १८ मा मिलापत्र !