११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

चितवन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बाहिर काम गर्नु नपर्ने गरी सुविधा दिने तयारीमा सरकार लागेको जानकारी दिएका छन।यहाँस्थित प्राथमिक स्वास्थ्य केन्द्र शिवनगरको अनुगमन र निरीक्षणपछि आयोजित कार्यक्रममा उहाँले सरकारी अस्पतालमा कार्यरत चिकित्सकको सुविधा थप गरिने बताए।

Advertisement

उनले भने,“सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई सेवा सुविधा थप गरेर सकेसम्म निजी क्षेत्रमा सेवा गर्न जान रोक्ने तर्फ सरकारले प्रयास गरिरहेको छ ।” पूर्व स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री श्रेष्ठले यसका लागि समिति बनाएर आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।

उनले अस्पताल जनताले सेवा लिन सक्ने र चिकित्सक जान र बस्न सक्ने स्थानमा निर्माण गरिनुपर्नेमा जोड दिए। देशभरका ७५३ पालिकामा अहिले पालिकास्तरीय अस्पताल निर्माणको काम भइरहेको जनाउँदै राज्यमन्त्री श्रेष्ठले अस्पताल निर्माण गर्दा योजना बनाएर गर्नुपर्ने बताए।

उनले भने, “एक सय दिनमा के गर्ने, ६ महिनामा के गर्ने र एक वर्षमा के गर्ने योजना बनाएर काम गर्नुस् । जनताले सेवा पाउनुपर्‍यो ।” भरतपुर महानगरपालिका–१४ का वडाध्यक्ष ओमप्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष बाबुराम दाहाल, वडा सदस्य प्रकाश गुरुङ र डा सागर पौडेलले अस्पतालका बारेमा जानकारी गराएका थियो ।शिवनगर र शारदानगर स्वास्थ्य केन्द्रलाई पालिकास्तरीय अस्पतालका रुपमा विकास गरेर सञ्चालनमा ल्याइएको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व कर नबुझाउने करदातामाथि कारबाही सुरु अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ: योगेश भट्टराई