ताजा अपडेट »

बाढिले धानबालीमा भएकाे क्षतिकाे क्षतिपूर्ति दिन राप्रपा लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

मंगलबार, ०२ कार्तिक २०७८, ११ : ०४
6 Shares

बुटवल । लगातारकाे वर्षाले धानबालीमा भएकाे क्षति पुगेकाे प्रति राष्ट्रिय प्रजातन्त्र पार्टिले ध्यानाकर्षण भएकाे बताउँदै कृषकलाई क्षतिपूर्ति दिन सरकारसंग माग गरेकाे छ । बर्ष दिनको कृषकको मेहनतको फल बाली भित्र्याउने बेला प्राकृतिक बिपत्तिको कारण अत्यन्तै धेरै क्षतिको पुगेको प्रति राप्रपा लुम्बिनी प्रदेशको गम्भिर ध्यानाकर्षण भएको जनाइएकाे छ।

पार्टि लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयद्वारा जारी बिज्ञप्तीमा लेखिएकाे छ – नागरिकलाई दुःख पर्दा सहयोग पुर्याउनु सरकारको दायित्व हो । तसर्थ क्षतिको उचित मुल्यॉकन गरी कृषकलाई क्षतिपूर्ति दिन नेपाल सरकार संग जोडदार माग गर्दछु ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।