ताजा अपडेट »

नदीमा ढुंगा लिन गएका ट्रयाक्टर चालक बगेर बेपत्ता

सोमबार, ०१ कार्तिक २०७८, १६ : १९
8 Shares

धनगढी । कैलालीको खुटिया नदीमा ढुंगा संकलन गर्न गएका ट्रयाक्टर चालक बगेर बेपत्ता भएका छन् । गोदावरी नगरपालिका–८ का ३० बर्षीय गणेश आउजी नदीमा बेपत्ता भएका हुन् ।

उनलाई खोज्न नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीय खुटिया नदीमा खटिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार ढुंगा संकलन गर्दै गर्दा एक्कासी नदीमा पानीको बहाव बढेका कारण ट्रयाक्टर चालक आउजी बगेको हुनसक्ने अनुमान छ । आइतबार रातीदेखि कैलालीमा भइरहेको अविरल बर्षाका कारण खोलानालामा पानीको बहाव बढेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।