ताजा अपडेट »

रुपन्देहीको समृद्धिका लागि सदैब प्रयत्नशिल रहनेछु : गृहमन्त्री खाँण

सोमबार, ०१ कार्तिक २०७८, १५ : ४१
6 Shares

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको समृद्धिको लागी सदैव प्रयत्नशिल रहने प्रतिवद्धता जनाएका छन् । रुपन्देहीको विकासले देशकै विकासको आधारशिला तयार गर्ने भएकोले रुपन्देहीको विकासको लागी सार्थक प्रयत्न गर्ने उनले जनाएका हुन् ।

गृहमन्त्री भए पछि पहिलो पटक गृह जिल्ला आएका खाँणले भैरहवामा आयोजित कार्यक्रममा बोल्दै रुपन्देहीमा रहेको गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल र एकिकृत भन्सार चौकीको बिकासको कार्ययोजना तयार पारेको बताए । उनले बेलहियामा मालवाहक गाडीहरुको पार्किङको समस्यालाई समाधान गर्न अहिले आईसीपीको लागी खाली रहेका जग्गामा पार्किङ्गको ब्यवस्था मिलाउन तयारी गरिएको उनले जनाए । उनले बिमानस्थल छिटो भन्दा छिटो सन्चालनमा ल्याउन सार्थक प्रयास गरि रहेको जनाए । यस्तै गल्छी–चितवनमा सुरुङ मार्गको बिषयमा पनि सरकारले प्रयत्न गरि रहेको उनले जनाए । यो रुट तयार भएपछि काठमाण्डौं र बिशेष गरि पश्चिमी तराई क्षेत्र जोडिने उनले बताए ।

फरक प्रसंङ्गमा बोल्दै खाँणले अहिले कांग्रेस बिभिन्न गठबन्धन संग मिलेर सरकारमा जानु परेको जिकिर गरे । कांग्रेसले नचाहिदा नचाहदैे निकास दिन सरकारमा गएको उनले बताए । उनले गठबन्धन प्रति सम्मान ब्यक्त गर्नु पर्ने बताए । पार्टीलाई जोगउदै गठबन्धनलाई सम्मान गर्नु पर्ने उनको भनाई थियो ।

नेपाली कांग्रेसका नेता प्रेम नारायण खरेलको शोक सभामा भाग लिन रुपन्देही आएका गृहमन्त्री खाँणले शोक सभा पछि बुटवलको ज्योतीनगरमा गएको पहिरोको निरिक्षण गरि समुचित ब्यवस्था गर्न, यहाका सुरक्षा निकायका प्रमुखहरुसित बैठक गर्ने लगायतको कार्यक्रम रहेको जनाए ।

नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा, बिज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दिन खाँन, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले बोलेका थिए । जिल्ला सचिव रामकृष्ण खाँणको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति सरीता चौधरीले गरेकी थिइन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।