ताजा अपडेट »

आईसीएफसी फाइनान्सको १०% बोनस सेयर र ४% नगद लाभांश घोषणा

सोमबार, ०१ कार्तिक २०७८, १२ : ४५
6 Shares

काठमाण्डौं । दसैँ सकिए लगतै हिजो आइतबार खुलेको सेयर मार्केट १७.५९ अंक बढेर २६५६.९६ विन्दुमा बन्द भयो । लगानीकर्ता विस्तारै दसैँ सकाएर काममा फर्किने तयारीमा छन् । नेप्सेमा दसैँ पछिको पहिलो दिनको कारोबार निकै न्यून छ । यद्दपी पछिल्लो समय कम्पनिहरुले गरिरहेको बोनस सेयर र लाभांश घोषणाले लगानीकर्ता उत्साहित हुन् सक्नेछन् ।

यसैबीच आईसीएफसी फाइनान्स लिमिटेड (ICFC) ले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १०% बोनस सेयर र ४% नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी कुल १४% लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

हाल कायम रहेको चुक्ता पूँजी रु. १ अर्ब २ करोड ४२ लाख ६५ हजार ८०० को १०% अर्थात रु. १० करोड २४ लाख २६ हजार ५८० बराबरको बोनस सेयर तथा ४% अर्थात रु. ४ करोड ९ लाख ७० हजार ६३२ बराबरको नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको कर प्रायोजनका लागि समेत) वितरण गर्ने निर्णय कम्पनीको गत २०७८ असोज २५ गते अपरान्ह ३:०० बजे बसेको संचालक समितिको २८७ औं बैठकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफाका आधारमा गरेको हो ।  

संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।