ताजा अपडेट »

रुपन्देही आउन लागेका गृहमन्त्री खाँण काठमाण्डौंमा रोकिए

सोमबार, ०१ कार्तिक २०७८, ११ : ४८
4 Shares

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्ला रुपन्देही भ्रमणको कार्यक्रम वर्षाले प्रभावित भएको छ । लगातारको वर्षाले त्रिभिुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौंबाट भैरहवा विमानस्थलका लागि पूर्व निर्धारित उडानको समयतालिका परिवर्तन भएको छ ।

आज विहान ९ बजेर ४५ मिनेटमा भैरहवा आइपुग्ने गृहमन्त्री खाँण मौसमका कारण उडान डिले भएपछि काठमाण्डौंमै रोकिएका छन् । वर्षासँगै मौसममा खराबी भएपछि भैरहवा विमानस्थलबाट आजका लागि तय भएको १९ वटा उडान अन्यौलमा परेको छ । विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार आज विहानका ४ वटा उडान नियमित अनुसार नै भएका छन् भने बाँकी रहेका १९ उडान अन्यौलमा परेका हुन् ।

काँग्रेस नेता स्व. प्रेम खरेलको शोक सभामा सहभागी रुपन्देही आउन लागेका खाँणको रुपन्देही भ्रमणका लागि आज तय भएको समय तालिका प्रभावित भएको छ । गृहमन्त्री भएको ३ महिनापछि जिल्ला फर्किन लागेका उनले आज विहान भैरहवा विमानस्थलमा उत्रिएसँगै उनको बधाई तथा सम्मान कार्यक्रम, शोकसभामा सहभागि लगाएका कार्यक्रमको तालिका प्रभावित भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।